१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फैसला आउँदा न सरकारले लड्डु खाएर खुसीयाली मनाउँछ न झोक्याएर नै बस्छ– मन्त्री ज्ञवाली


0
Shares

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले सर्वोच्चका आदेशसँग आफ्ना व्यवहाररूको समीक्षा गर्न जरुरी रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै मन्त्री ज्ञवालीले उहाँले आफू सम्बद्ध राजनीतिक दल र सरकार आफ्नो अनुकुल फैसला आउँदा विजयोत्सव र प्रतिकुल आउँदा झुक्याएर बस्ने गल्ती नगरेको स्मरण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘फैसला गर्नका लागि अदालत स्वतन्त्र छ । मैले प्रतिनिधित्व गर्ने राजनीतिक दल र वर्तमान सरकार फैसला आउँदा न लड्डु खाएर खुसीयाली मनाउँछ न झोक्याएर नै बस्छ । हामी दुवै मुद्दा हारेका छौं, तर अदालतलाई कुनै आपेक्ष लगाएका छैनौं ।’

मन्त्री ज्ञवालीले प्रतिनिधिसभा पुनःस्थापना भएपछिका बैठकहरू अपेक्षा अनुरुप सञ्चालन हुन नसकेकोमा गुनासो गर्नुभयो । सुरुका बैठकहरूमा अत्यावश्यक र जनजीवसँग सरोकार राख्ने विधेयकहरू प्रस्तुत गर्न नदिएकोमा गुनासो गर्नुभयो ।

ज्ञवालीले फागुन ११ गतेको सर्वोच्च अदालतको फैसलापछि प्रतिनिधिसभा पुनःस्थापना भएको र यसलाई पार्टी र सरकारले स्वीकार गरेको भए पनि सुरुवातका बैठकहरूमा राम्रो संकेत नदेखिएको बताउनुभयो । सदनलाई व्यक्तिका अतिरिक्त आकांक्षा भन्दा अग्रगामी एजेण्डामा केन्द्रीत उहाँको आग्रह छ ।

ज्ञवालीले अन्तरविरोधहरू देखिए पनि संविधान नमान्ने र देशको अस्तित्वलाई चुनौति दिने प्रवृत्तिलाई समाप्त पार्दै सिंगो राष्ट्रलाई एक ठाउँमा ल्याउने काम भएकाले राजनीतिक हिसाबले मुलुक द्वन्द्वमुक्त भएको बताउनुभयो ।

सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी चैत ९ गते गर्न लाग्नुभएको बांग्लादेशको औपचारिक राजकीय भ्रमणबारे पनि ज्ञवालीले सदनलाई जानकारी गराउनुभएको थियो ।