
काठमाडौं । अमेरिका र रुसबीच भइरहेको वाकयुद्ध सर्वत्र आलोचना भइरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनलाई हत्याराको आरोप लगाएलगत्तै बाइडेनको सर्वत्र आलोचना सुरु भएको हो ।
टर्कीका राष्ट्रपति रेसेप तय्यिप एर्दोगनले पुटिनविरुद्ध अमेरिकाले लगाएको आरोप तथ्यहिन भएको टिप्पणी गरेका छन् । उनले यसअघि बाइडेनले आफूमाथि पनि विभिन्न आरोप लगाएको भन्दै एर्दोगनले राष्ट्रपति बाइडेनको स्वास्थ्यलाभको कामना गरेको अलजजिरामा उल्लेख छ । राष्ट्रपति पुटिनले आफू अमेरिकासँग खुला रुपमा वार्ता गर्न तयार रहेको प्रतिक्रिया दिएका छन् ।
उनले आफ्नो निर्देशनमा विपक्षी दलका नेता नवाल्नीको हत्याको प्रयास गरेको भन्ने आरापको अस्वीकारसमेत गरेका हुन् । राष्ट्रपतिय निर्वाचनमा रुसले तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सहयोग गरेको आरोप लागिरहेका बेला बाइडेनले समकक्षी पुटिनको कडा आलोचना गरेका हुन् । राष्ट्रपति बाइडेनले एक टेलिभिजन अन्तर्वार्तामा रुसी समकक्षीलाई विभिन्न आरोप लगाएपछि रुसले त्यसको प्रतिकार गरेको हो ।
बाइडेनले सन् २०२० मा एउटा टेलिभिजन अन्र्तवार्तामा अमेरिकी निर्वाचनमा रुसले गरेको हस्तक्षेपको पुटिनले मूल्य चुकाउनुपर्ने प्रतिक्रिया दिएका थिए । त्यसलगत्तै रुसले अमेरिकासँग अपरिवर्तनीय क्षति हुन नदिने भन्दै वासिङ्टनमा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाएको थियो।
पुटिनमाथि विपक्षी नेता अलेक्स नवाल्नी र अन्य प्रतिद्वन्द्वी नेताहरुमाथि अमानविय व्यवहार गरेको बाइडेनको आरोप छ । यता अमेरिकाले पनि पछिल्लो परिस्थितका बारेमा परामर्श गर्ने भन्दै रुसमा रहेका आफ्ना राजदूतर्लाइ फिर्ता बोलाएको समाचारमा जनाइएको छ ।
एजेन्सी
प्रतिक्रिया दिनुहोस्