
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाले बिस्तारै लय समात्ने बताउनुभएको छ ।
जी.पी.कोइराला मेमोरियल(सामुदायिक) कलेजको आठौँ वार्षिकोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै उहाँले प्रतिनिधिसभा सञ्चालनमा केही समस्या भएका कारण त्यसलाई लयमा फर्काउन मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
सभामुख सापकोटाले संसद छलफल, बहस, वादविवाद र संवाद हुँदै अघि बढ्ने भन्दै चुनौतीहरूको सामना गर्न प्रतिकुलतामा पनि अनुकुलता खोज्ने उपायहरू खोजिरहेको बताउनुभयो । संसद्को अनेकौं चुनौतीहरूको सामना गर्दै गुणस्तरीय कानुन निर्माणको लागि प्रयत्न गरिरहेको पनि उहाँको भनाइ छ ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सांसद भिमसेनदास प्रधानले राजनीतिक पार्टीहरूबीच सहमति र सहकार्य हुन नसकेको भन्दै सहमतिका साथ मुलुकलाई राजनीतिक स्थिरतातर्फ लैजानु आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्