१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


मध्यावधि निर्वाचनले मात्र मुलुकको निकास पाउने महतको भनाइ


0
Shares

रुपन्देही । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले मध्यावधि निर्वाचनबाट मात्र मुलुकले निकास पाउने बताउनुभएको छ ।

प्रेस युनियन रुपन्देहीले शनिबार भैरहवामा गरेको पत्रकार भेटघाटमा महतले मुलकलाई निकास दिने भए सबै दल मध्यावधि निर्वाचनमा जान तयार हुनुपर्ने बताउनुभयो ।

नेता डा.महतले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताका लागि मरिहत्ते गर्दा मुलक संकटमा परेको जिकिर गर्नुभयो । संसद पनःस्थापना पछि पनि ओलीले राजीनामा नदिएर सत्ता लिप्सा देखाएको उहाँको आरोप छ ।

डा. महतले निकासको लागि कांग्रेसले भूमिका खेल्नु पर्ने भन्दै आगामी निर्वाचनमा कांग्रेस ठूलो शक्ति हुने दावी गर्नुभयो ।

पूर्व अर्थमन्त्री समेत रहनुभएका महतले वर्तमान सरकारको आर्थिक दृष्टिकोण प्रष्ट नुहँदा आर्थिक क्षेत्र धरासायी भएको आरोप लगाउनुभयो ।