८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


एकैदिन दुई धक्का


0
Shares

काठमाडौं, साउन ८ । सिन्धुपाल्चोकको इचोक क्षेत्र आसपास केन्द्रविन्दु भएर मंगलबार गोरखा भूकम्पको परकम्प गएको छ ।

साँझ ५ बजेर ४४ मिनेट जाँदा ४.३ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।

यसअघि, मंगलबारै बिहान धादिङको गजुरी आसपास केन्द्रविन्दु बनाइ ४.८ रिक्टर स्केलको परकम्प गएको थियो ।

केन्द्रका विवरणअनुसार गत असार २१ गते धादिङको झार्लाङ आसपास केन्द्रविन्दु भएर ४.१ रिक्टर स्केलको परकम्प गएको थियो ।

त्यस्तै, गत असार १४ गते पनि धादिङकै सुनौलोबजार केन्द्रविन्दु भइ ५ रिक्टरको परकम्प गएको थियो ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीकाअनुसार वि.सं. २०७२ को गोरखा (७.६ रिक्टर स्केल) भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दामाथिका ५०६ पटक परकम्प गएका छन् । रासस