१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


कर्णालीमा एमालेको निर्णय कुर्दै माओवादी


0
Shares

मानबहादुर वली
सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को संसदीय दलले कर्णाली प्रदेशमा नेकपा एमालेको निर्णय कुरेर बसेको छ । शनिबार बसेको प्रदेश संसदीय दलको बैठकले एमालेको निर्णयपछि आगामी रणनीति लिने निर्णय गरेको छ ।

२० सांसद् रहेको नेकपा एमालेको ओली पक्षले १० जना सांसदको हस्ताक्षर सहित चैत ५ गते सरकारलाई दिएको सर्मथन फिर्ता लिइसकेको छन । नेपाल–खनाल पक्षका ९ सांसदले भने अहिलेकै सरकारलाई निरन्तरता दिने निर्णय गरेको छ ।

एमाले विभाजित हुँदा कर्णाली प्रदेश सरकारलाई अहिले अन्योल बढेको छ । त्यसकारण पनि माओवादी केन्द्रको संसदीय दलको बैठकले एमालेको अवस्था हेरेर आगामी रणनीति बनाउन लागेको सांसद ठम्मरबहादुर विष्टले बताउनुभयो ।

नेकपा एमालेले समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखमार्फत मुख्यमन्त्री समक्ष आइसकेपछि आगामी रणनीति तय गर्न मुख्यमन्त्रीले बैठक बोलाउनुभएको थियो ।