२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


झाँक्रीलाई स्पस्टीकरण सोध्ने निर्णय ओलीद्वारा फिर्ता, यस्तो छ कारण


0
Shares

काठमाडौं । नेकपा एमालेकी युवा नेतृ रामकुमारी झाँक्रीलाई स्पस्टीकरण सोधिने केन्द्रीय कमिटीको निर्णय फिर्ता भएको छ ।

स्पष्टिकरण सोधिने नेताहरूको सूचीमा उहाँको नाम भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पछि रोकेको एक नेताले जानकारी दिनुभयो ।

‘झाँक्री लहलहैमा लागेर हिँडेको र उहाँलाई स्पष्टीकरण सोध्न वजन पुग्दैन’ भन्दै नाम हटाउन ओली तयार हुनुभएको थियो ।

बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र भीम रावललाई स्पस्टीकरण सोध्ने निर्णय गरेको छ ।

चार नेताहरूलाई पार्टी हितविरुद्ध काम गरेको र नेतृत्वलाई खुइल्याउन तल्लीन रहेको कारण देखाउँदै स्पस्टीकरण सोध्ने निर्णय गरिएको थियो ।

साथै समानान्तररुपले जनसंगठन बनाउने सबै नेतालाई कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय वैठकले गरेको हो ।