१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतमा कोरोना संक्रमितको संख्या बढ्यो, भिडभाड हुने क्षेत्रमा परीक्षण अनिवार्य


0
Shares

काठमाडौं । भारतको मुम्बई शहरको भीडभाड हुने क्षेत्रमा कोराना परीक्षण अनिवार्य गरिएको छ । संक्रमितको संख्या उच्च हुंदै गएपछि मुम्बईको स्थानीय सरकारले यो व्यवस्था गरेको हो ।

सपिङ सेन्टर, रेल स्टेशनजस्ता क्षेत्रमा भोलिबाट व्यापक र्यापिड टेष्ट गरिने जनाइएको छ । परीक्षण गर्न अस्वीकार गर्नेलाई कारवाहीको समेत व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् ।

मुम्बईमा पछिल्लो २४ घण्टामा करिब ३ हजार कोरोना संक्रमित थपिएका छन् । भारतभर भने हिजो करिब ४१ हजार कोरोना संक्रमित थपिएका थिए । यो संख्या पछिल्लो चार महिना यताकै उच्च हो । भारतमा दैनिक ३० हजार संक्रमित थपिएको हिजो तेस्रो दिन हो । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ५९ हजार पुगेको छ । एजेन्सी