८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


नेपालमा हिटलरको उदय भयो, सबैमाथि खड्ग चलाएः डा.बाबुराम भट्टराई


0
Shares

baburam bhattarai

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराइले नेपालमा हिटलरको उदय भइरहेको बताउनु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीप्रति इंगित गर्दै भट्टराइले पार्टी, राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाएको भन्दै नेपालमा हिटलरको उदय भएको बताउनु भएको हो ।

हिट्लरबारेको चर्चित भनाइ उल्लेख गर्दै आइतबार भट्टराईले ट्विट गर्दै सबै होसियार हुनुपर्ने बेला आएको बताउनुभयो । उहाँले ओलीको ज्याजतीविरुद्ध बोल्न ढिला भएको भन्दै हिटलरको चर्चित भनाई समेत उल्लेख गर्नु भएको हो ।

‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे,म बोलिनॅ किनकि म यहुदी थिइनँ, अन्त्यमा उनीहरू म बिरूद्ध आइलागे,कोही पनि बोलेन किनकि कोही पनि बॉकी थिएन’, भट्टराइले लेख्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय राज्यका विभिन्न निकाय र पार्टीलाई आफ्नो कब्जामा राख्नुभएको छ ।

शनिबार बसेको एमाले केन्द्रीय कमिटी बैठकबाट स्थायी कमिटी पुर्नगठन र विधान संशोधन गरी आफ्नो पक्षमा बहुमत पुर्याएर पार्टी कब्जा गर्ने रणनीति ओलीको छ ।

त्यस्तै राज्यका विभिन्न अंग सम्पति शुद्धीकरण, राजस्व अनुसन्धान, वैदेशिक सहायता, अनुसन्धान विभागलगायत सबै प्रधानमन्त्रीको मातहतमा छ ।