१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सप्तरीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु


0
Shares

काठमाडौं । सप्तरीको कंञ्चनरुप नगरपालिका ११ बेङग्रीमा गएराती जिप दुर्घटना हुदा चालकको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

जिप चालक धनकुटाको छथर गाउँपालिका २ जोरपाटीका ३५ वर्षीय युवराज पिठाकोटीको मृत्यु भएको हो ।

घाइते भएका जिपमा सवार २ जनाको स्थानीय पोलिक्निकमा उपचार भइरहेको छ ।

पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ च २८ ७६ नम्बरको तरकारी बोकेको जिप गएराती पौने १२ बजे अनियन्त्रित भइ सडक छेउमा रहेको आँपको रुखमा ठोकिएको ईलाका प्रहरी कार्यालय ठेलियाले जानकारी दिएको छ ।