
एजेन्सी । विवाहमा दुलही लिन दुलाहा घोडामा, फूलले सजाइएको कार अथवा बग्गीमा जाने गरेको त हामी सबैलाई थाहा नै छ । तर पाकिस्तानमा एक दुलाहा आफ्नी दुलही लिन हेलिकप्टेर लिएर गएका छन् ।
२५ वर्षमा दुलाहा राजा जुबैर रसिद बेलायती नागरिक हुन् । उनी पाकिस्तानको दक्षिणी काश्मिरको कोटली जिल्लाका बासिन्दा हुन्। उनकी दुलही पनि उसै गाउँकी हुन् ।
बेलायतमा कोरोना महामारीका कारण लकडाउन लगाइएको थियो । उनका परिवार आफ्नो छोराको विवाह धुमधामसँग गर्न चाहान्थ्यो ।
यसका लागि उनका परिवार पाकिस्तान मात्रै आएन विवाहलाई धुमधाम बनाउन पनि उतिकै लागि पर्यो । जुबैरले आफ्नो परिवारलाई विवाहमा हेलिकप्टर लिएर दुलही लिन जान चाहेको बताए ।
उनी आफ्नो जीवनको नयाँ यात्राको शानदार सुरुवात गर्न चाहान्थे । आफ्नो भाइको इच्छा पूरा गर्नका लागि उनका दाजुले इस्लामावादको एक कम्पनीबाट भाडामा हेलिकप्टर लिए ।
विवाह गर्न बेलायती परिवार आफ्नो गाउँ आए त्यतिन्जेलसम्म त्यहाँका स्थानीयलाई थाहा थिएन कि उनीहरु अचम्मको विवाह हेर्न जाँदैछन् ।
जब दुलाहा जन्ती लिएर निक्ले उनलाई हेर्न स्थानीयहरुको भीड नै भयो । दुलाहाले हेलिकप्टरबाट गाउँको एक फन्को लगाए ।
दुलाहा जुबर भन्छन् ‘यो पल मेरो लागि कति महत्वपूर्ण छ म बयान गर्न सक्दिन ।’
हेलिकप्टर भाडामा लिएको कम्पनीले गुगल नक्साका आधारमा गाउँ पत्ता लगाएर हेलिप्याड बनायो ।
जन्तीका लागि एक दर्जन लक्जरीयस गाडी इस्लामावादबाटै मगाइएको थियो । बेहुलीको घर जन्ती लिएर जाँदा हेलिकप्टरबाट फूल बर्साइएको थियो ।
विवाहको भिडियो खिच्ने राजा वकारका अनुसार हेलिकप्टरबाट उर्तर्नुपूर्व नै हेलिप्याडमा मानिसको भीड लागेको थियो । हेलिकप्टरको हावाले धेरै धुलो उडाएको थियो तै पनि मानिसहरु बेहुला हेर्न बसेका थिए । जब गाउँमा हेलिकप्टरले चक्कर लगाइरहेको थियो पुरै गाउँ छतमा गएर यो दृश्य हेरिरहेको थियो ।
यो विवाह यो कारण विशेष थियो कि भारत र पाकिस्तानको सीमामा यो विवाह हुँदै थियो ।
१९९६ मा पाकिस्तानबाट राजाको बुबा बेलायत गएका थिए । विवाहको लागि एक महिना अघि उनीहरु पाकिस्तान आएका थिए ।
बेहुलाबेहुलीको परिवारका अनुसार बेलायतमा धुमधामसँग विवाह गर्न नपाउने र आफ्नो देशमै विवाह गर्न चाहेका कारण दुवै परिवारले विवाहका लागि आफ्नो गाउँ रोजेका थिए ।
प्रतिक्रिया दिनुहोस्