१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेश २ मा कोरोना संक्रमणको त्रास


0
Shares

काठमाडौ । झन्डै एक वर्षपछि सीमानाका पूर्णरूपमा खुलेपछि प्रदेश २ मा कोरोना संक्रमणको त्रास बढेको छ ।

भारतका विभिन्न राज्यमा संक्रमित बढिरहेको बेला सीमामा सतर्कता नअपनाउँदा जोखिम बढेको हो ।

खुला सीमामा कारण कोरोना संक्रमण फेरि नेपाल भित्रिन सक्ने देखिएको छ । कोभिड १९ व्यवस्थापन केन्द्रको बैठकले भारतसँगका नाका खुला गर्ने सिफारिस गरे पनि चिकित्सकले सीमामा सतर्कता अपनाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

छिमेकी मुलुकको स्थितिलाई हेरेर स्वास्थ्य सुरक्षा सतर्कताका उपाय अबलम्बन गर्नेसँगै सीमा क्षेत्रमा हुने आवागमनलाई व्यवस्थित बनाउन स्वास्थ्य निर्देशनालय प्रदेश २ ले तयारी थालेको छ ।

त्यस्तै प्रदेश २ का ८ वटै जिल्लामा नाकामा कडाइ गर्नका लागि मौखिक तथा लिखित जानकारी गराउने तयारी थालिसकेको निर्देशनानलयले जानकारी दिएको छ ।

यता, नाकामा कडाई गरेपनि चोर बाटो प्रयोग गरेर भित्रिन सक्ने सम्भावना पनि रहेको छ । प्रदेशमा हाल सम्म १७ हजार २१३ जना संक्रमित भेटिएका छन् ।

उनीहरुमध्ये २०९ जनाको मृत्यु भएको छ । १६ हजार ९ सय ८४ जना निको भएका छन् ।