१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बालुवाटारमा ओली र विप्लवबीच भेट


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा ‘विप्लव’ले आफूहरूबीच भएको सहमति कार्यान्वयनको माग गर्नुभएको छ ।

सोमबार बालुवाटार पुग्नुभएका विप्लवले प्रधानमन्त्री ओलीसमक्ष फागुन २० गते भएको तीन बुँदे सहमति अन्तर्गत आफ्ना साथीहरूको रिहाइ र मुद्दा फिर्ताका लागि आग्रह गर्नुभएको हो ।

उहाँहरूबीच करिब एक घण्टा भेटवार्ता भएको नेकपाका नेता उदय चलाउने ‘दिपक’ले जानकारी दिनुभयो ।

ओली र विप्लवबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भएको बुझिएको छ ।