१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बजेट निर्माणका लागि सुझाव संकलन गर्न अर्थसमितिका सदस्यहरूले सातै प्रदेशको भ्रमण गर्ने


0
Shares

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि सुझाव संकलन गर्न संसदीय समितिका सदस्यहरूले सातै वटा प्रदेशको अध्ययन भ्रमण गर्ने भएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिका सदस्यहरू आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नुपर्ने आयोजना र कार्यक्रबारे सरकारलाई सुझाव दिन सातै वटा प्रदेशको भ्रमण गर्ने भएका हुन् ।

सोमबार बसेको समितिको बैठकले पूर्व अर्थमन्त्रीहरू सुरेन्द्र पाण्डे र ज्ञानेन्द्रबहादुर कार्कीको नेतृत्वमा समिति गठन गरी बजेटबारे अध्ययन गर्न पठाउने निर्णय गरेको हो ।

पाण्डे नेतृत्वको टोलीले प्रदेश १,२, बागमती र गण्डकी तथा कार्की नेतृत्वको टोली लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा जाने भएको छ ।

टोलीले सातै वटा प्रदेशमा प्रदेशस्तरका अर्थसमितिका प्रतिनिधि, अर्थ मन्त्रालकया प्रतिनिधि, सम्बन्धित क्षेत्रका जनप्रतिनिधि, निजी क्षेत्र, सहकारी क्षेत्रका प्रतिनीधि र विज्ञसँग अन्तर्क्रिया गर्ने कार्यक्रम तय गरेको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिनुभयो ।

दाहालले यस पटक–विकट जिल्लाहरूमा धेरै ध्यान केन्द्रित गरेर छलफल गरीने पनि बताउनुभयो ।