१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बंगलादेशमा रोहिंग्या शरणार्थी शिविरमा आगलागी, एक हजार घर जल्यो


0
Shares

एजेन्सी । बंगलादेशस्थित रोहिंग्या शरणार्थी शिविरमा आगलागी हुँदा एक हजार घर जलेर नष्ट भएको छ ।

आगलागीमा केहीको मृत्यु भएका आशंका गरिएपनि आधिकारिक रुपमा पुष्टि भएको छैन ।

बंगलादेशको काक्स बजारमा रहेको शिविरमा बनेका अधिकांश घरहरु बाँसका र काठको रहेका कारण आगलागी नियन्त्रणमा लिन निकै समय लागेको थियो ।

११ लाख रोहिग्यां रहेको यो शिविरमा आगलागी भएपछि भागदौड मच्चिएको थियो ।

म्यानमारमा भड्केको हिंसासँगै लाखौंको संख्यामा रोहिग्यांहरु बंगलादेशमा शरण लिन पुगेका थिए ।

यसैबीच बंगलादेश सरकारले आगलागी पीडितहरुलाई हाल अस्थायी क्याम्पमा राखिएको छ ।