
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । केही बेरअघि पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा आफ्नो पार्टीबाट अलग भएका नेताहरुलाई कारवाही र सरकारलाई दिइरहेको समर्थन फिर्ता लगायत विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
माओवादी केन्द्रको बैठकले यसअघि नै स्थायी कमिटीलाई सरकारको समर्थन फिर्ता लिने, नेताहरुलाई कारवाही गर्नेलगायत अधिकार दिइसकेको छ । सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण उल्टाएपछि सरकारमा सहभागी केही मन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने भन्दै माओवादीमा फर्किएका छैनन् ।
त्यसलगत्तै गृहमन्त्री रामबहादुर थापा, उर्जा टोपबहादुर रायमाझी, उद्योग लेखराज भट्ट, सहरी विकास प्रभु साह, खानेपानी मन्त्री मणि थापा, श्रममन्त्री गौशीशंकर चौधरी र युवा तथा खेलकुद दावा तामाङलगायत २३ जनालाई एमाले कन्द्रीय कमिटीमा मनोनित गरेसँगै माओवादी केन्द्रले स्पष्टिकरण सोधेको थियो ।
प्रतिक्रिया दिनुहोस्