
काठमाडौं । भारतमा कोरोना संक्रमण बढिरहेको बेला रुपन्देहीको सुनौली–बेलहिया नाकामा साबधानी अपनाइएको छैन ।
नाकामा साबधानी नअपनाउँदा कोरोनाको दोस्रो लहर पनि नेपाल भित्रने जोखिम देखिएको छ । संक्रमणबाट जोगिन स्वास्थ्य मापदण्डबिना नाकाबाट सर्वसाधारण ओहोरदोहोर गरिरहेका छन् । स्थानीय सरकार र प्रशासनले सावधानी अपनाउन चासो दिएका छैनन् भने सर्वसाधारण स्वास्थ्य मापदण्ड विना यात्रा गरिरहेका छन् ।
किनमेलका लागि सुनौली बजार पुग्ने नेपाली उपभोक्ता, नेपालमा मजदुरी गर्न आउने भारतीय मजदुर, भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थी, उपचारका लागि दुवै देशतर्फ आवतजावत गर्ने व्यक्तिहरूको भीड देखिन्छ ।
भारतमा कोरोना संक्रमण बढ्न थालेपछि भारतका विभिन्न राज्यबाट फर्किने नेपालीको संख्या बढिरहेको छ । तर नाकामा सहजै आउन लागेका उनीहरूको स्वास्थ्य परीक्षण भएको छैन । जिल्लामा सानाठूला गरी २६ नाका छन् । तीमध्ये १० स्थानमा मात्रै सुरक्षाकर्मीको उपस्थिति छ । सुरक्षाकर्मी भएका नाकामा पनि कडाइ गरिएको छैन ।
प्रतिक्रिया दिनुहोस्