
काठमाडौं । सिन्धुपाल्चोकमा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ परेका छन् ।
श्रीमतीको हत्या गरेको अभियोगमा हेलम्बु गाउँपालिका-१ का फुर छोवाङ तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकास सापकोटाले जानकारी दिनुभयो ।
गत चैत सात गते राति घरायसी विवादका कारण श्रीमती सुम्ज्यो तामाङलाई लात्ता मुक्का तथा काठको लाठीले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।
श्रीमतीको मृत्युपछि तामाङको शव घरमाथिको दोरिङ सामुदायिक जंगलमा लगी फालिएको अवस्थामा प्रहरीले भेटेको थियो ।
इलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको टोलीले चैत ८ गते तामाङलाई पक्राउ गरेको हो ।
तामाङलाई ज्यान सम्बन्धि कसुरमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्