१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जसपाका नेताहरु बालुवाटारमा


0
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेताहरु बालुवाटार पुगेका छन् ।

सत्तासमिकरणबारे छलफल गर्न महन्थ ठाकुरलगायत नेताहरु प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका हुन् ।

ठाकुरसँगैं जसपाका सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण पनि बालुवाटार पुगेका छन् । यसअघि गत सोमबार पनि ओली र जसपाका नेताहरुबीच भेट भएको बताइएको छ ।

जसपामा सरकारमा जाने र नजानेबीच दुई धार देखिएको छ । ठाकुर र राजेन्द्र महत्तोलगायतका नेता सरकारमा जाने पक्षमा देखिएका छन् भने उपेन्द्र यादव र बाबुराम भट्टराइलगायत नेताहरु सरकारमा जान नहुने पक्षमा उभिएका छन् ।

पार्टीमा देखिएको दुई घारका कारण जसपाले सत्तामा जाने निर्णय लिन सकेको छैन् ।