१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


१३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ३२ वर्षीय युवक पक्राउ


0
Shares

तेह्रथुममा १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनकुटा महालक्ष्मी नगरपालिका–१ बस्ने ३२ वर्षीय श्याम गुरुङ रहेको ईलाका प्रहरी कार्यालय बसन्तपुरले जनाएको छ । उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

गुरुङले ती बालिकालाई आइतबार साँझ यौन दुर्व्यवहार गरेको बालिकाको बयानलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।