
काठमाडौं । त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा बंगलादेश र कीर्गिस्तानको यू–२३ टिमबीचको पहिलो हाफमा बंगलादेशले अग्रता लिएको छ ।
दशरथ रंगशालामा जारी खेलको बंगलादेशले उपहारमा पाएको गोलमा १–० को अग्रता बनाएको हो । खेलको २९ औं मिनेटमा कीर्गिस्तानका खेलाडीले क्लियर गर्न खोज्दा आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए ।
६ जना नयाँ खेलाडी सहित यो प्रतियोगिता खेल्न आएको बंगलादेशी टिमले खेलको सुरुवातमा दबाव बनाएको थियो ।
यता युवा खेलाडीको बाहुल्यता रहेको कीर्गिस्तानले खेलसँग आफूलाई सम्हालेको थियो ।
प्रतिक्रिया दिनुहोस्