
काठमाडौं । गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको कामको अनुगमनमा निरन्तर खटिरहने धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस आर्थिक संटक बढ्दै गएपछि मेची महाकाली अभियानमा निस्किएका छन् ।
सोमबार बिहान रंगशालामा काम र्गे मजदुरहरुले टीका, फूलमालासहित चार हजार चार सय पाँच रुपैयाँ सहयोग गरेर उनलाई बिदाइ गरे । अभियान महाकालीबाट सुरु भई कञ्चनपुर, कैलाली, बर्दिया बाँके, दाङ, सुर्खेत, कपिलवस्तु, रुपन्देही, परासी, नवलपुर र चितवनम्म आउनेछ ।
रंगशालामा केही समय रोकिएपछि फेरि पूर्वी जिल्लाको अभियान सुरु हुनेछ । फाउन्डेसनकी उपाध्यक्ष कुञ्जना घिमिरे सन्तली भो निमार्णस्थलमै रहेर व्यवस्थापनमा सत्रि,य रहनेछिन् ।
गौतम बुद्ध अन्तराष्ट्रिय त्रिकेट रंगशाला निमार्णका लागि गत वर्षको १९ देखि २६ माघसम्म धनधान्याचल महोत्सवसमेत आयोजना गरिएको थियो ।
नयाँ पत्रिका
प्रतिक्रिया दिनुहोस्