
काठमाडौं । नेकपा एमाले खनाल(नेपाल नेतृत्वको समूहले अनेरास्ववियुको समानान्तर कमिटी गठन गरेको छ ।
काठमाडौंमा मंगलबार सम्पन्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को राष्ट्रिय भेलाले ५०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको हो ।
भेलाले सचिव सुदेश पराजुलीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ। त्यसैगरि सह–अध्यक्षमा वसिम आलम, उपाध्यक्षमा यसु लामा, हिरेन्द्र शाही र महासचिवमा आरती लामा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्