१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाण्डौ, विराटनगर, धनगढीलगायत ठाउँमा धेरै वायु प्रदूषण


0
Shares

काठमाडौं । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण बढेको छ । जमिन भिज्ने गरी पानी नपरेको र आगलागीका घटना लगायत कारणले वायु प्रदुषण बढेको मौसमविद्ले बताएका छन् ।

वातावरण विभागले पनि काठमाण्डौ, भक्तपुर, ललितपुरसहित हेटौँडा, विराटनर, सिमरा, जनकपुर, धनगढीलगायतका क्षेत्रमा वायु प्रदूषण बढेको देखाएको छ ।

प्रि मनसुनको समय सुरु भइसक्दा समेत जमिन भिज्ने गरी पानी नरपेरकाले प्रदुषण बढ्दै गएको मौसमविद् शान्ति कडेलले बताउनुभयो ।

उहाँका अनुसार वायुमण्डलमा धुलोका कणहरु जम्मा भएका छन् । तत्काल वायुमा रहेको धुलोको कण सफा गर्ने गरी पानी पर्ने वा त्यसलाई बढार्ने गरी हावा चल्ने सम्भावना नदेखिएकाले प्रदुषण अझै बढ्न सक्ने उहाँको भनाइ छ ।

देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भए पनि पानी पार्ने प्रणाली नआउँदा जमिन भिज्ने गरी पानी पर्न सकेको छैन ।

यसले गर्दा प्रदुषण बढ्दै गएको छ । वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स एक्यूआईमा मापन गरिन्छ ।

एक्यूआई ५० सम्म हुनु राम्रो हो तर ५० देखि एक सय सम्मलाई मोडरेट मानिन्छ । एक्यूआई तीन सय पुग्नु जोखिमपूर्ण र तीन सयभन्दा माथि पुग्नुलाई घातक मानिन्छ ।