
एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई पत्र लेख्नुभएको छ । पाकिस्तान दिवसको अवसरमा शुभकामना दिँदै मोदीले भारतले पाकिस्तानी जनतासँग सुमधुर सम्बन्ध राख्न चाहेको उल्लेख गदैै पत्र लेख्नुभएको हो ।
मोदीले सुमधुर सम्बन्धका लागि आतङ्कवाद र शत्रुता मुक्त वातावरण सिर्जना गर्दै विश्वासको माहोल बनाउनुपर्नेमा जोड दिनुभएको छ । मोदीले पहिलोपटक पाकिस्तानी प्रधानमन्त्रीलाई सम्बोधन गर्दै पत्र लेख्नुभएको हो । यस्तै भारतका राष्ट्रपति रामनाथ कोविन्दले पनि पाकिस्तानी समकक्षी आरिफ अल्वीलाई पत्र लेख्दै पाकिस्तान दिवसको अवसरमा शुभकामना दिनुभएको छ ।
दुई देशबीचको सीमा लाइन अफ कन्ट्रोलमा संघर्षविराम भएको समयमा मोदी र कोविन्दले पाकिस्तानी समकक्षीलाई पत्र लेख्नुलाई सकारात्मक रुपमा हेरिएको छ । गत महिना दुवै देशबीचको सैनिकको छलफलपछि संयुक्त वक्तव्य जारी गर्दै नियन्त्रण रेखामा भइरहेको गोलीबारी रोक्ने घोषणा गरेका थिए । घोषणापछि सीमामा शान्तिपूर्ण वातावरण रहेको दुवै देशका सञ्चारमाध्यमले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्