
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रम र महाधिवेशनको विषयमा छलफलका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको पार्टीको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार बैठक चैत २० गते पार्टी कार्यालयमा बस्नेछ ।
पछिल्लो समय नेपाली कांग्रेसमा सरकारमा जानुपर्ने र जान नहुने गरी दुई पक्ष हावी भएको देखिन्छ । सभापति शेरबहादुर देउवाले कांग्रेस विपक्षी भएकाले सरकारमा जान नहुने भन्दै आइरहनुभएको छ ।
यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल भने जसरी भए पनि केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने पक्षमा हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्