१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


महाराष्ट्रमा कोरोना बढेसँगै आमिर खान पनि संक्रमित


0
Shares

काठमाडौं । भारतमा कोरोना संक्रमण पुनः फैलिएको छ । त्यहाँ सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्य हुँदा निषेधाज्ञाका तालिकाहरु पनि निकालिएका छन् । कतिपय स्थानमा रातमा कर्फ्यू लगाइएको छ भने कतिपय स्थामा पूर्ण लकडाउन गरिएको छ ।

महाराष्ट्रमा कोरोना बढेसँगै बलिउड स्टारमा आमिर खानलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनका प्रवक्ताले खानलाई कोरोना भएको पुष्टि गर्दै घरमै आइसोलेसनमा रहेर सबै मापदण्डहरू पालना गरेको बताए ।

उनलाई कुनै स्वास्थ्य समस्या देखिएको छैन । उनले आमिरको सम्पर्कमा आएका मानिसहरूलाई कोरोनाको परीक्षण गराउन पनि आग्रह गरेका छन् ।

भारतमा यसअघि अभिताभ बच्चन, कार्तिक आर्यन, रणबीर कपूर, वरुण धवन लगायतका कलाकारहरूलाई कोरोनो संक्रमण भएको थियो ।