
बीबीसी । भारतमा कोरोना भाइरसको नयाँ स्वरुपबाट सात सय ७१ जना संक्रमित भएका छन् ।
१८ राज्यका १० हजार ७८७ को नमूना परीक्षण गरिएकोमा सात सय ७१ मा नयाँ स्वरुपको कोरोना पाइएको हो ।
यसमा ७ सय ३६ बेलायतको, ३४ दक्षिण अफ्रिका र एक जना ब्राजिल भेरिएन्ट पाइएको हो ।
नेशनल सेन्टर फर डिजिज कन्ट्रोलका निर्देशक सुजीत कुमारका अनुसार जुन राज्यका संक्रमण बढेको छ त्यहाँ नयाँ खालको भाइरस पत्ता लागेको छ ।
भाइरसको यो नयाँ स्वरुप करिब १५ देखि २० प्रतिशत नमूनामा पाइएको छ । यो पहिलाको भाइरसँग मेल नखाएका कारण यसले थप चिन्ता बढाएको हो ।
यद्यपि नयाँ प्रकारको भाइरसले शरीरको प्रतिरक्षा प्रणालीलाई बचाएर थप संक्रमकता बढाएको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस्