
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउनुभएको छ ।
संसदीय दलको बैठक शुक्रबार (भोलि) दिउँसो ३ बजेको लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।
बैठकमा चालु अधिवेशनलाई कसरी प्रभावकारी बनाउने र सांसद्हरूको विकास बजेट खर्चकाे सन्दर्भमा छलफल हुने भट्टराईको भनाइ छ ।
यसअघि अनुपस्थित भएका माधवकुमार नेपाल पक्षीय नेताहरू यसपटकको संसदीय दलको बैठकमा के गर्छन् भन्ने टुङ्गो छैन ।
यद्यपि प्रमुख सचेतक भट्टराईले भने एमाले चुनाव चिन्ह लिएर सांसद् बनेका सबैलाई बोलाइने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्