
बागलुङ । ढोरपाटनमा गोरु काट्दै गरेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । ढोरपाटन नगरपालिका–८ भित्ता टोलस्थित पाखोबारीबाट गोरु काटिरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४९ वर्षीय मन बहादुर विक, ४४ वर्षीय को नन्दराम विक, ३८ वर्षीया पुनी विक, २६ वर्षीया मिना विक, र ३६ वर्षीय हरि परियार रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
गोरु काटेको सूचनाका आधारमा प्रहरी चौकी ढोरपाटनबाट प्रहरी खटिएको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्