
प्रतीकात्मक तस्वीर । वेब ।
प्रकाश मैनाली
सर्लाही । मलङ्गवामा टाउको छिनालिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।
मलंगवा नगरपालिका–१० निवासी नागेन्द्र रायका छोरा ३० वर्षीय सुशील रायको शरीरबाट टाउको छिनालेको अवस्थामा बिहीबार बिहान शव फेला परेको हो ।
मलंगवा नगरपालिका–९ स्थित पचगछिया चौरी नजिकैको खेतमा रायको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो ।
बुधबार रातिबाटै सम्पर्क विहीन सुशीलको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको प्रहरीले शरीरभन्दा ६१ मिटर पुर्व टाउको समेत बरामद गरेको छ ।
धारिलो हतियारले प्रहार गरी सुशीलको टाउको छिनालिएको प्रहरीले जनाएको छ । हत्यामा संलग्नहरूको पहिचान नजिक पुगिसकिएको समेत प्रहरीको दावी छ ।
प्रतिक्रिया दिनुहोस्