७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


सरोज खनाल र दीपाश्री निरौलाको फेसबुक ह्याक


0
Shares

काठमाडौं । अभिनेता सरोज खनाल र निर्देशक एवं कलाकार दीपाश्री निरौलाको फेसबुक ह्याक भएको छ । बिहीबार दिउँसो उनीहरूको फेसबुक ह्याक भएको कलाकार दीपकराज गिरीले जानकारी दिनुभयो ।

पहिला सरोज खनालको फेसबुक ह्याक भएको र सोहीमार्फत ह्याकरले दीपाश्रीको फेसबुक ह्याक गरेको अभिनेत्री दीपाश्री निरौलाले बताउनुभयो ।

ईमेजखबरसँगको कुराकानीम निर्देशक निरौलाले सरोज खनालको फेसबुकबाट एउटा कोड पठाउन अनुरोध भएपछि आफूले कोड पठाएको बताउनुभयो । त्यसलगत्तै फेसबुक ह्याक भएको उहाँको भनाइ छ ।

ह्याक भएको फेसबुकमार्फत पैसाको माग भइरहेको निरौलाले बताउनुभयो । कलाकार दीपकराज गिरीले पनि सामाजिक सञ्जालमा एक स्टाटस राख्दै ह्याकरले चलचित्रकर्मीको फेसबुक ह्याक गर्दै पैसा माग्न थालेको उल्लेख गर्नुभएको छ ।

फेसबुक ह्याक भएपछि अभिनेता खनाल र निर्देशक निरौला प्रहरीको साइबर ब्यूरोमा जान लागेका छन् ।