२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


शशांक, शेखर र सुजाताले एकै मन्चबाट भने, ‘हामी एक छौं र एक रहन्छौं’


0
Shares

काठमाडौं । नेपाली कांग्रेसमा कोइराला परिवारको योगदानलाई महत्वपूर्ण मानिन्छ । १३ औं महाधिवेशन अघिसम्म कांग्रेस कोइराला परिवारकै नेतृत्वमा थियो ।

१३ औं महाधिवेशन पछि शेरबहादुर देउवाले कांग्रेसको नेतृत्व गरिरहनु भएको छ । देउवाको नेतृत्वमा कांग्रेस एकदमै कमजोर भएको आरोप आम कांग्रेसी नेता तथा कार्यकर्ताले लगाउँदै आएका छन् ।

देउवाको नेतृत्वमा कांग्रेसले स्थानीयदेखि प्रदेश र संघको चुनाव हारेको, पार्टीको भातृसंस्था, शुभेच्छुक संस्थाको चुनाव समयमै नगरेको, पार्टीलाई चुस्त दुरुस्त नबनाएको र राष्ट्रिय राजीतिमा कांग्रेसको भूमिका कमजोर र ढुलमुले भएको आरोप देउवाले खेपिरहेका छन् ।

कांग्रेसका आम कार्यकर्ताले १४ औं महाधिवेशनमा भने कोइराला परिवारबाटै नेतृत्व खोजिरहेका छन् । कोइराला परिवार एक नभएसम्म र देउवाइतरका नेताहरुको उचित व्यवस्थापन गर्न नसकेमा नेतृत्व लिन कठिन छ ।

तसर्थ १४ औं महाधिवेशनमा पारिवारिक विरासतलाई फर्काएर नेतृत्व लिने दाउमा कोइराला परिवारबाट राजनीति गरिरहेका शशांक, शेखर र सुजाता लागि परेका छन् ।

१४ औं महाधिवेशनमा तीनै जना सभापतिको आंकाक्षी पनि हुन् । विभिन्न कार्यक्रममा उनीहरुले कांग्रेसको १४ औं महाधिवेशनका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् । उनीहरुले उम्मेदवारी प्रस्तुत मात्रै गरेनन् यो कारण आफू हुनुपर्ने दावी समेत राखेका थिए ।

तीनै जनाले उम्मेद्वारी प्रस्तुत गर्दा कोइराला परिवार भित्रै फुट त छैन् भन्ने नेता कार्यकर्तामा आशंका उब्जिएको थियो । त्यसलाई चिर्दै बिहीबार सुनसरीमा आयोजित एक कार्यक्रममा तीनै जनाले कोइराला परिवार १४ औं महाधिवेशनमा एक भएर जाने उद्घोष गरे ।

पछिल्लो समय कोइराला परिवारबाट राजनितिमा सक्रिय रहेका शशांक, सुजाता र शेखरबीच पानी बाराबारको अवस्था छ भनेर हल्ला फैलाउनेलाई सुनसरीको कार्यक्रममा कोइराला परिवारका सन्ततिले दिएको अभिव्यक्तिले झट्का लागेको छ ।

त्यतिमात्रै होइन तीनै जनाले आउँदो १४ औ महाधिवेशनमा कोइराला परिवारबाट एक मात्र सभापतिको उम्मेदवार हुने पनि बताए । यसले आम कार्यकर्ताम थप आशा र उत्साहको सञ्चार भएको छ ।

महामन्त्री शशांक काेइरालाले १४ औं महाधिवेशनमा कोइराला परिवार एक भएर अघि बढ्ने बताउनुभयो । उहाँले कोइराला परिवारका नेता एक ठाउँमा रहेको र महाधिवेशनमा पनि मिलेर अघि बढ्ने बताउनुभयो ।

शशांकले कोइराला परिवारबीच कुनै समस्या आउन नदिन भूमिका खेल्ने पनि प्रष्ट पार्नुभयो ।

यता, नेता शेखर कोइरालाले भाइ शशांक र बहिनी सुजातालाई हेर्दै १४ औं महाधिवेशनमा कोइराला परिवार एक भएर अघि बढ्ने बताउनुभयो ।

शेखर १४ औं महाधिवेशनमा सभापतिको लागि तयारी गर्दै १३ औ महाधिवेशन लगतै देश दौडाहामा निस्कनुभएको थियो ।

यस्तै नेतृ सुजाता काेइरालाले कार्यकर्ताको भावना बमोजिम सहकार्य र सहमत्तिबाट अगाडि बढने बताउनुभयो ।