९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


डिभाइन स्ट्रिम र फास्ट वे रेडियन्टबीच सम्झौता


0
Shares

काठमाडौं, असोज १० । डिभाइन स्ट्रिम नेटवर्क प्रालि (मेरो टीभी) र भारतको फास्ट वे रेडियन्टबीच प्रविधि आदान–प्रदानसम्बन्धी सम्झौता भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपालमा डिजिटलाइजेसन र डिजिटल टीभी सिग्नललाई प्रविधिकोरुपमा विस्तार गर्ने सहमति भएको बताइएको हो ।

डिभाइन स्ट्रिम नेटवर्कका प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेले सहमतिबाट दुवै कम्पनीले डिजिटल क्षेत्रमा लाभ लिनसक्ने बताए ।