१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं– मन्त्री भट्ट


0
Shares

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउनुभएको छ ।

धनगढी विमानस्थलमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री भट्टले सुदूरपश्चिम सरकार परिवर्तन हुने दावी गर्नुभयो ।

नेकपा ऐमालेका नेतृत्वमा रहेका व्यक्तिहरू धनगढी आएको बताउँदै उहाँले पार्टीले छलफलपछि एउटा निष्कर्ष निकाल्ने बताउनुभयो ।

सुदूरपश्चिमका जनता पनि सरकार परिवर्तन गर्नुपर्छ भन्नेमा रहेको बताउँदै उहाँले प्रदेश सरकारले गति लिन नसकेकाले परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो ।