
नेपालगञ्ज । नेपालगञ्जको जमुनाह नाकामा गरिएको एन्टिजेन परीक्षणमा एक युवकमा कोरोना संक्रमण देखिएको छ । रोल्पा लिवाङका ३० वर्षीय युवामा भाइरस संक्रमण देखिएको हो ।
भारतको गुजरातबाट आएका युवामा संक्रमण पुष्टि भएसँगै नयाँ डबल म्युटेन्ट भेरियन्ट नेपालमा भित्रिएको आशंका गरिएको छ । युवामा ज्वरो, रुघाखोकीको लक्ष्ण देखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो ।
तापक्रम उच्च देखिएपछि युवकको एन्टिजेन जाँच गरिएको थियो । रिपोर्ट पोजेटिभ आएपछि युवकलाई स्वास्थ्यकर्मीकै निगरानीमा राखिएको छ । भारतमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएसँगै भारतबाट फर्किने नागरिकहरुको नाकामा स्वास्थ्य परीक्षणमा कडाइ गरिएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्