१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पिकनिक खान गएका वडाध्यक्षको मृत्यु


0
Shares

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदन चन्दको शुक्रबार राति उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार कार्यालयका अन्य कर्मचारीसहित वनभोज गएका वडाध्यक्ष चन्दको घाँटीमा एक्कासी समस्या देखिएपछि उपचारका लागि अस्पताल पु¥याइएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार उहाँको घाँटीमा मासु अड्केर बेहोस भएपछि एम्बुलेन्सबाट महाकाली अस्पताल पु¥याइएको थियो । उहाँको उपचारकै क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार शुक्रबार वडा कार्यालयका कर्मचारी र जनप्रतिनिधिसहित ८ जनाको टोली वेदकोट नगरपालिका–६ मा पर्ने चुरेपानीमा पिकनिक खान गएका थिए । घटनापछि वडाअध्यक्षसँगै पिकनिक गएका अन्य सात जनालाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।