१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


श्रद्धाञ्जलिका लागि नेता जोशीको शरीर २ बजेसम्म पार्टी कार्यालयमा राखिने


0
Shares

काठमाडौं । नेपाली कांग्रेस पार्टीका केन्द्रीय सदस्य स्वा. नवीन्द्रराज जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिनको लागि काँग्रेस पार्टी कार्यालय सानेपामा राखिने भएको छ । जोशीको शरीर १२ बजे देखि दिउँसो २ बजेसम्म केन्द्रीय कार्यालयमा राखिने छ ।

नेता जोशीको उपचारका क्रममा हिजो साँझ काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो । गत फागुन १४ गते मस्तिष्कघात भएपछि उहाँ नर्भिक अस्पताल भर्ना हुनु भएको थियो ।

५८ वर्षीय जोशीको आईसीयुमा राखेर उपचार भइरहेको थियो । मस्तिष्कको शल्यक्रियापछि स्वास्थ्य अवस्था विग्रिएसँगै भेन्टिलेटरको सपोर्टमा उहाँको उपचार भइरहेको थियो । उपचारको सबै प्रयास जारी राखिएकै अवस्थामा उहाँको निधन भएको अस्पतालले जनाएको छ ।