
काठमाडौं । ललितपुर महानगरपालिकाले जावलाखेलस्थित फुटबल मैदानको मर्मत गरेको छ । महानगरपालिकाको ग्रीन फेन्स ट्रान्सप्लान्ट प्रोजेक्ट अन्तर्गत मैदानमा रहेका संरचनाहरूको मर्मत गरेर उद्घाटन गरेको हो ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्रीले पुर्नसंरचना भएको फुटबल मैदानको उद्घटन गर्नुभएको हो । कार्यक्रममा मेयर महर्जनले महानगरक्षेत्रका खाली क्षेत्रमा हरियाली पार्क र पोखरी निर्माण गर्ने बताउनुभयो । उहाँले खाली जमिनलाई व्यापरिक प्रायोजनको लागि नभइ पार्क र पोखरी निर्माणलाई प्राथमिकता दिएको बताउनुभयो ।
महानगरपालिकाले लगनखेलस्थित मच्छिन्द्र नमूना विद्यालयले अतिक्रमण गरेको १४ रोपनी १० आना जग्गा फिर्ता लिइसकेको छ । यस्तै, नेपाली सेनाको राजदल गणले अतिक्रमण गरेको सप्तपाताल पोखरीको दक्षिण तर्फको २० रोपनी जग्गा पनि सेनाले फिर्ता गर्ने क्रममा रहेको मेयर महर्जनले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्