२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


अन्तर्राष्ट्रिय फुटबलमा नेपालकाे नयाँ इतिहास, फाइनल प्रवेश


0
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलमा नेपालले नयाँ इतिहास राखेको छ । कुनै पनि गोल नगरी नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

शनिबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा थ्री नेसन्स कपको समूह चरणको अन्तिम खेलमा नेपाल र बंगलादेशबीचले गोलरहित बराबरी खेलेसँगै नेपाल एक गोल पनि नगरी फाइनल प्रवेश गरेको हो ।

दुवै पक्षले गोलका राम्रा अवसर पाए पनि अंकमा रुपान्तरण गर्न सकेनन् ।

अब नेपालले सोमबार हुने फाइनल खेलमा बंगलादेश सँगै नै प्रतिस्पर्धा गर्नेछ । नेपाल अंकतालिकाको दोस्रो स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो । दुई खेलमा दुई अंक जोडेको नेपालले समान दुई खेलबाट ४ अंक जोडेको बंगलादेशसँग खेल्न लागेको हो ।

नेपालले बिहीबार कीर्गिस्तानसँग पनि गोलरहित बराबरी खेलेको थियो । कीर्गिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ ।