
काठमाडौं । आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अपराहन्न पश्चात देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित फाट्टफुट्ट हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
काठमाडौंको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ११ दशमलब ४ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २५ देखि २७ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।
आज बिहान सूर्योदय ५ बजेर ५९ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर १९ मिनेटमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्