
काठमाडौं । काठमाडौंको ट्राफिक व्यवस्थापन कडा गरिएको छ ।
होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सुरक्षा योजनासहित ट्राफिक प्रहरी परिचालन गरेको छ ।
उपत्यकाभरी होली मनाउँदा दुर्घटना नहोस भनेर ७ सयभन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिएको छ ।
मोटरसाइकलमा तीनजना बस्ने तथा मापसे गरेर सवारी चलाउनेमाथि विशेष निगरानी गर्नेगरी महाशाखाले सुरक्षा योजना तयार गरेको जनाइएको छ ।
उपत्यकाका ९० वटा चेक प्वाइन्टमा बिहानैदेखि मापसे परीक्षण शुरु गरिएको छ । जबर्जस्ती रंग दल्ने र लोला फाल्नेलाई प्रहरीले पक्राउ गर्नेगरी महानगरीय प्रहरी कार्यालयले सुरक्षा योजना लागू गरेको छ ।
यसैगरी सार्वजनिक रुपमा होलीको कार्यक्रम वा कन्सर्ट आयोजना गरेमा आयोजकलाई पक्राउ गर्न निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ ।
यता, भीडभाड हुन नदिने मन्त्रालयको निर्णयपछि महानगरीय प्रहरी कार्यालयले पनि उपत्यकामा होली लक्षित ‘सुरक्षा योजना’ लागु गरेको छ ।
काठमाडौं उपत्यकामा होलीमा हुनसक्ने उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न ५ हजार प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना तयार गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्