
डम्मर बुढा मगर
बागलुङ । नेपाली कांग्रेस बागलुङले बडिगाड घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।
कांग्रेसले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै दोषीलाई कारवाही गर्न र घाइतेको उपचार गर्न माग गरेको हो ।
जिल्ला सभापति दिपेन्द्रबहादुर थापाले हस्ताक्षर गरेको विज्ञप्तिमा जिल्ला सदस्य प्रकाश कुँवर र सक्रिय कार्यकर्ता दीपक दमाईमाथि सुनियोजित रुपमा सांघातिक हमाल गरि योजनाबद्ध रुपमा हत्या गरेको उल्लेख छ ।
यस घटना प्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको सभापति थापाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
‘घटनाको विभिन्न समाजिक सञ्जाल तथा सञ्चार माध्यममा आएको भिडियो र तस्बिरले घटना आपराधिक मानसिकताबाट प्रेरित भएको देखिन्छ’, विज्ञप्तिमा भनिएको छ ।
झडपमा घाइते भएका ज्ञानु दमाई लगायतका घाइतेहरुको उपचार सरकारले गर्नु पर्ने कांग्रेसले माग गरेको छ ।
बागलुङमा होली खेल्न जम्मा भएका युवाहरुबीच आइतबार भएको झडपमा परेर दुई जनाको मृत्यु भएको थियो ।
मृत्यु भएका कुँवर नेपाली कांग्रेस बागलुङको सदस्य हुन् भने अर्का दीपक कांग्रेस कार्यकर्ता रहेको कांंग्रेस बागलुङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्