
दिवस रिजाल
खोटाङ । खोटाङको यो दिक्तेलमा खानेपानीकै अभाव हुँदा कतिपय नागरिक बसाइसराई गर्न बाध्य भएका छन् । सबै सुबिधा हुँदा पनि खानेपानीको असुबिधा हुँदा उनीहरु बसाई सर्न बाध्य भएका हुन् । भौतिक पुर्वाधार निर्माणमा अब्बल मनिएको यो स्थानियतहमा मुख्य समस्या भनेको खानेपानीकै देखिन्छ ।
जनताका समस्या र बसाँईसराई बढड्न थालेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नै सिफारिसमा रम्बाखोला–माझखोला दिक्तेल सहरी खानेपानी आयोजना अघि बढाएपछि सदरमुकाम दिक्तेल बजारमा रहेको खानेपानीको समस्याको दीर्घकालिन रुपमै समाधान हुने भएको छ । बर्षौदेखीको शुद्ध खानेपानीको अभाब झेलिरहेका यहाका नागरिकहरु यतिबेला यो समस्याबाट मुक्ती पाईने भयो भन्दै खुशी देखिएकाछन् । घरआगनमा कहिले पानी आउला भनेर दिनगनिरहेका स्थानियवासी खानेपानी घरैमा आउने भएपछि खुसी भएका हुन् ।
रम्बाखोला माझखोला दिक्तेल सहरी खानेपानी आयोजना अन्तर्गत २२ करोड ५५ लाख रुपैयाको लागतमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नम्बर २ सोल्मामा पानी फिल्टर केन्द्रसमेत धमाधम निर्माण भईरहेको छ । साना सहरी खानेपानी आयोजनाका अध्यक्ष धनकुमार जोशीले निमाण कार्य अन्तिम चरणमा पुगेकोे भन्दै खानेपानी आयोजनाबाट दिक्तेल बजार लगायतका आसपासका १ हजार ४९ घर धुर लाभान्वित हुने बतउनुभयो ।
दिक्तेल साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितीले दुईबर्ष अघि सहरी खानेपानी तथा सरसफाई आयोजनासगँ सम्झौता गरि आषिष निर्माण सेवा कम्पनी भैरवाले ठेक्का सम्झौता गरेको थियो । पानी फिल्टर केन्द्रको ९० प्रतिशत काम सम्पन्न भएपछि दिक्तेलबासी खानेपानीको समस्या सामधान हुनेमा ढुक्क देखिन्छन् । नगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको यो खानेपानी आयोजना सम्पन भएपछि दिक्तेलबजारमा बसोबासको चाप बढ्ने र बसाईसराई रोकीने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजालको बुझाई छ । त्यसैले पनि खोटाङको सदरमुकामको यो दिक्तेलबजारमा खानेपानीको हाहाकार चाँडै अन्त्य गरी बसाईसराई रोक्नु जरुरी छ भने व्यवस्थित खानेपानी बितरण प्रणालीलाई प्रभावकारी बनउनुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्