१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


थारु कल्याणकारी सभासँग वार्ता गर्न टोली गठन


0
Shares

काठमाडौं । थारु कल्याणकारी सभा, थारुहट, थारुवान संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले राखेको १९ बुँदे माग सम्बोधन गर्नका लागि नेपाल सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।

वार्ता टोलीमा गृहमन्त्रीको साथै प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र पूर्व सांसद् भगवती चौधरी सदस्य रहेका छन् । वार्ता टोली गठन भएलगत्तै थारु कल्याणकारी सभासँग आजैबाट वार्ता हुने सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।

टोलीले जेलमा रहेको सांसद् रेशम चौधरी नेतृत्वको टोलीसँग वार्ता गर्नेछ । थारु कल्याणकारी सभा एवं केन्द्रीय आन्दोलन परिचालन समितिले केही दिन अघि मात्रै सांसद् चौधरीको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।

केपी शर्मा ओली नेतृत्वको सरकारलाई माओवादी केन्द्रले समर्थन फिर्ता गर्न लागेसँगै ओलीले सरकारमा रहनका लागि अनेक उपाय अपनाइरहनुभएको छ । जनता समाजवादी पार्टीले आफ्ना माग पूरा भए सरकारलाई समर्थन दिने स्पस्ट पारेपछि सरकारले पनि थारु कल्याणकारी सभासँग वार्ता गर्न टोली गठन गरेको हो ।