
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनले नेपाललाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउनुले दुई देश बीचको सम्बन्धलाई उजागर गरेको बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा खोप हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले चीनले सहयोग गर्नुले दुई देशबीचको गहिरो मैत्री सम्बन्ध थप प्रगाढ बनेको बताउनुभएको हो । चीन सरकारद्वारा प्राप्त सहयोगले कोभिड–१९ महामारीको विरुद्ध प्रभावकारी ढंगले अगाडी बढ्नको निम्ति महत्वपूर्ण हुने पनि बताउनुभयो ।
चीनले कोभिड–१९ विरुद्धको ८ लाख डोज खोप नेपाल सरकारलाई अनुदान स्वरुप उपलब्ध गराएको हो । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई खोप हस्तान्तरण गर्नुभएको हो । प्रधानमन्त्री ओलीले अनुदानसँगै खोप खरिद गर्ने व्यवस्था मिलाउँदै गरिएको बताउनुभयो । उहाँले भारत र चीन दुवै देशबाट ल्याइएको खोपहरू प्रभावकारी रहेको पनि बताउनुभयो ।

कोभिड–१९ महामारीलाई पराजित गर्न चीनले लिएको नीति र कदमको प्रशंसा गर्दै नेपाल र चीनको नीति समान रहेको समेत बताउनुभयो । कार्यक्रममा चिनियाँ राजदूत यान्छीले कोभिड–१९ को विरुद्ध लडनका नेपालको साथम चीन सँधै रहेको बताउनुभयो । विगतमा पनि नेपाललाई चीन सरकारको सहयोग रहेको र कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि पनि सहयोग रहने स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्