१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नारायणी किनारमा दुवै दिन होलीको रौनक


0
Shares

डोलराज रानाभाट
चितवन । गत वर्ष लकडाउनकै कारण होली पर्व मनाउन नपाएका स्थानीय यस पटक भने समूह–समूह बनाएर रमाए । कोहि नाच्दै थिए त कोही गाउँदै कोही रङ दल्दै माया र सद्भाव साटसाट गरिरहेका थिए । भित्री मधेशमा पर्ने चितवनमा हिजो र आज होली पर्व मनाइएको हो ।

देवचुली–१७ फारम नवलपुरका प्रविन गुरुङ साथीहरूसँग होली मनाउँदै गरेको अवस्थामा भरतपुरको नारायणी नदी किनारमा भेटिनुभयो । अशोक थापा पनि साथीहरूसँगै आएर नारायणी किनारमा रमाउन पाउँदा खुशी हुनुुहुन्छ । गतवर्ष होली मनाउन नपाउनुभएका उहाँले यस वर्ष पनि सीमित साथीहरूमाझ होली खेल्नुभयो ।

चितवनको टाँडीबाट होली खेल्दै नारायणी नदी किनार आइपुग्नुभएका भुवन लामा साथीहरूसँग रमाइलो गर्दै हुनुहुन्थ्यो । विद्यालय समेत बन्द भएपछि विद्यार्थी मोनिका सुनार पनि साथीहरूसँग होली खेल्दै हुनुहुन्छ ।

भित्री मधेशमा पर्ने चितवनमा हिजो र आज दुई दिन होली पर्व मनाइएको छ । प्रशासनले भीडभाडनगर्न र प्रहरी प्रशासनले नारायणी किनारमा जम्मा नहुन गरेको आग्रह उनीहरूले वेवास्ता गर्दै होली मनाए । कोरोना संक्रमण कम भएकाले सामान्य तरिकाले होली मनाएको उनीहरूको भनाइ छ ।

लकडाउन हुने होकी भन्ने त्रासमा रहेका उनीहरू आफ्नो समूहसँग मात्रै सीमित रहेर रङ लगाइ सद्भाव र माया साटासाट सहित यो वर्षको होली मनाए ।