१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


छाडेकी श्रीमतीलाई १ सय २८ पटक चक्कुले हानेपछि झुण्डिएर आत्महत्या


0
Shares

एजेन्सी । श्रीमानको अर्को महिलासँगको सम्बन्ध पत्ता लागेपछि श्रीमतीले श्रीमानको साथ छोडिदिएकी थिइन् । तर उनलाई थाहा थिएन की श्रीमानलाई छाडेपछि श्रीमानको घर छेउ जान उनलाई यति महंगो पर्छ भन्ने ।

श्रीमानले जब श्रीमतीलाई आफ्नो घर छेउ देखे चाकूले श्रीमतीमाथि आक्रमण गर्न थाले । र अन्तिममा आफूले झुण्डिएर आत्महत्या गरे ।

भारतको कोलकताको हुगली बजार थानाका अनुसार माइतीमा बसिरहेकी नर्स रगतको नमूना लिन श्रीमानको घर भएको ठाउँमा पुगेकी थिइन् ।

अचानक श्रीमानले उनलाई देखे र रिसले चुरचुर भए । श्रीमानले आफनी श्रीमतीलाई घेरेर चक्कुले हान्न थाले ।

उनले श्रीमतीलाई १ सय २८ पटक चक्कुले हाने र त्यहाँबाट भागेर कोठामा ढोका थुनेर बसे । कोठामा उनले झुण्डिएर आत्महत्या गरे ।

आरोपी श्रीमान् राजु मण्डलकी श्रीमती रिन्कु मण्डल माइतीमै बस्थिन् । राजुले माछाको व्यापार गर्थे ।

रिन्कु निजि ल्याबमा काम गर्थिन् । राजुको त्यसै क्षेत्रकी एक महिलासँग प्रेम सम्बन्ध थियो ।

यसबारे रिन्कुले थाहा पाएपछि घरमा झगडा हुन थाल्यो । राजुले आफ्नो व्यवहारमा सुधार नगरेपछि रिन्कुले श्रीमानलाई छाडेर माइतीमा बस्न थालिन् ।

त्यसैले राजुले रिन्कुलाई घृणा गर्न थालेका थिए । रिन्कु माइतीमा खुशी थिइन् । सोमबार उनी रगतको नमूना लिन पति राजुको घर नजिक गएकी थिइन् ।

राजुले उनलाई देखेपछि रिसले चाकुले हान्न थाले । महिलालाई कोहीले बचाउन पनि सकेनन् ।

राजुले हानेको चाकुले रिन्कुको शरीरमा करिब १ सय २८ ठाउँमा गम्भीर घाउ भएको थियो । यसपछि राजु डराएर आफ्नो घर गएर कोठा बन्द गरेर झुण्डिएर आत्महत्या गरे ।

घाइते महिललाई उपचारको लागि अस्पताल पुर्याइएको छ । उनको उपचार भैरहेको छ । उनी जीवन र मृत्युसँग लडिरहेकी छिन् ।

यस घटनाको सूचना पाए लगतै प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । प्रहरीले राजुको शवलाई पोष्टमार्टमकालागि अस्पताल पुर्याएको छ ।