८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


बाजुरामा १ सय ५० विद्यार्थी बिरामी


0
Shares

काठमाडौं । बाजुराको बूढीगंगा नगरपालिकामा स्थित धुरालसैन माबिमा १ सय ५० जना भन्दा बढी विद्यार्थी बिरामी परेका छन् ।

पाँच दिन यता १ सय ५० भन्दा बढी विद्यार्थी बिरामी परेको विद्यालयले जनाएको हो ।

विद्यार्थीमा रुघाखोकी, ज्वरो, पखाला, वान्ता र टाउको दुख्ने समस्या देखिएको छ ।

विरामी पर्न थालेपछि विद्यालयमा विद्यार्थीको संख्या कम हुँदै गएको उनले बताए ।

बिरामी परेर पनि स्कुल आएका विद्यार्थीहरुलाई विद्यालयले घर पठाउने गरेको जनाएको छ ।

विद्यार्थी विरामी भएको जानकारी आएपछि नगरपालिकाले स्वास्थ्यकर्मीको टोली औषधिसहित विद्यालयमा पठाएको जनाकारी गराएको छ ।