
एजेन्सी । भारतमा एकैदिन ५६ हजार बढी कोरोना भाइरसका संक्रमितहरु फेला परेका छन् ।
बितेको २४ घण्टामा भारतमा ५६ हजार २११ जना नयाँ संक्रमित फेला परेका हुन् । यो सँगै भारतमा संक्रमितको संख्या १ करोड २१ लाखको नजिक पुगेको छ ।
कोराेना संक्रमणबाट २ सय ७१ जनाको मृत्यु भएको छ । हालसम्म संक्रमणबाट १ लाख ६२ हजारको निधन भैसकेको छ ।
देशमा कुल सक्रिय संक्रमितको संख्या ५ लाख ४० हजार ७२० छन् ।
प्रतिक्रिया दिनुहोस्